राष्ट्रिय जनता पार्टि नेपालको अगुवा भेला सम्पन्न


सुर्खेत श्रावण,९– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अगुवा कार्यकता भेला सम्पन्न भएको छ । पदम बहादुर घर्ती क्षेत्री को अध्यक्षामा बसेको भेलाले देविकृष्ण न्यौपानेको अध्यक्ष सहित ११ सदस्यीय कर्णाली प्रदेश कार्य समिति गठन गरेको हो । यज्ञप्रसाद भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा स्वागम मन्तब्य राख्दै लोकतान्त्रीक प्राध्यापक संघका केन्द्रीय केन्द्रिय उपाध्यक्ष राजेश गौतमले अव पार्टीलाई एक पद्धतीमा एक जुट हुदै अगाडी लैजानु पर्ने बताउनु भयो । भेलामा टिकाराम शर्मा, विजय गुप्ता, सहमहासचिव कृष्ण खरेल केन्द्रिय सदस्य सीता गरुङ र साज किशोर मिश्रले बोल्नु भएको थियो ।
उक्त भेलाले अध्यक्ष देविकृष्ण न्यौपाने उपाध्यक्ष पदमबहादुर घर्ती क्षेत्री, सचिव महेश बम, कोषाध्यक्ष निर्मला जोशी, र सदस्यहरुमा यामबहादुर शाही, राजेश खत्री, हरीलाल थापा उग्रेन लामा भरत भट्टराई हरिशचन्द्र पंडित र नवराज उपाध्याय रहेका छन् ।