२ भाद्र, सुर्खेत । वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
करिव दुई दर्जन साहित्यकारहरुले रचना वाचन गर्नुभएको कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीले २०३५ सालमा जागिरको लागि पहिलो पटक सुर्खेत आउनुभएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्राको सुरुवात भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज भन्दा ४० वर्ष अगाडि सुर्खेत र अहिलेको सुर्खेत भौतिक रुपमा मात्र परिवर्तन भई बौद्धिक रुपमा समेत परिवर्तन भएको छ । त्यसैगरि साहित्यले समेत निकै फड्को मारेको पाउँदा मलाई खुसी लागेको छ ।’
रचना वाचन कार्यक्रममा साहित्यकार डा. दीपक गौतमले कार्यक्रमको समीक्षा गर्दै साहित्यकारहरु समाज परिवर्तनका संवाहक भएकोले साहित्यिक रचनाले समाजका सबै गतिविधिहरुलाई समेट्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा महेन्द्र चन्द महासागर, सरस्वती पन्त, देवकी तिमिल्सेना समीक्षा, पहल असिम थापा, भीम परियार लगाएतले गजल, मुक्तक, कविता, गेडी जस्ता रचनाहरु वाचन गर्नुभएको थियो ।
वाङ्मय चौतारीका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको सम्पन्न भएको कार्यक्रमको सहजिकरण कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले गर्नुभएको थियो ।



Milan Shrestha । २ भाद्र २०७६, सोमबार २२:१० बजे