तौल प्रणालीका आधारमा सहकारी मार्फत खसी बिक्रि गरिने


भदौ,१० सुर्खेत । किसानहरुलाई झुक्याएर तोकुवाको भरमा खसी खरिद गरेको पाईएमा, नेपाल सरकारले ब्यवस्था गरेको ढुवानी मापदण्ड ऐन बिपरित कारर्वाही गरिने एक कार्यक्रमका अध्यक्षले उक्त कुरा बताउनु भएको हो ।

“भोकालाई एक छाक भोजन होईन जीउने जुक्ति सिकाउ” भन्ने मूल नाराका साथ बिगत लामो समय देखि हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरण संचालित पशु बस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अन्तर्गत मंगलबार भेरीगंगा नगरपालिका वडाका जनप्रतिनिधिहरु, खसी व्यावसायी र सहकारीका प्रतिनिधिहरु बिच संचालन गरिएको कार्यक्रममा सफल सहकारीका अध्यक्ष एवंम् बजार व्यवस्थापन उप–समितिका संयोजक निलम बि.कले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भेरीगंगा नगरपालिका वडा नं. ९, त्रीवेणी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का प्रतिनिधि, भेरीगंगा नगरपालिका वडा नं. ६, भेरीगंगा वडा नं. ६, ७, ८ र ९ का निर्वाचित जनप्रतिनिधिहरु, स्थानिय खसी ब्यवसायी तथा हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाका प्रतिनिधिहरु बिच तौल प्रणालीका आधारमा सहकारी मार्फत खसीको बजारीकरण गर्ने निर्णय गरिएको छ भने किसानलाई झुक्यायर तोकुवाको भरमा खसी खरिद गरेको पाईएमा , नेपाल सरकारले ब्यवस्था गरेको ढुवानी मापदण्ड ऐन अनुशार कारवाहि गरिने भएको हुदा नियम बिपरित कसैले खसी ओसार पसार गरेको पाइएमा नजिकको प्रहरी कार्यालय, वडा कार्यालय र नगरपालिकामा खबर गरी कार्वाही गरिने बिषयमा छलफल भएको थियो ।

यसैगरी नेपालीहरुको महान पर्व दशै र तिहार लक्षित कार्यक्रम संचालन गरी सहकारी मार्फत खसीको बजारीकरणलाई ब्यवस्थित गर्नको लागि सफल सहकारीका अध्यक्ष श्री निलम वि.क.को संयोजकत्वमा वडाका निर्वाचित जनप्रतिनिधिहरु, सहकारीका संस्थाका प्रतिनिधिहरु, खसी ब्यवसायी र सुन्दर नेपाल संस्थाका प्रतिनिधि रहनेगरी बजार ब्यवस्थापन उप–समिति समेत गठन गरिएको छ ।