कर्णाली प्रदेशको पहिलो पालीका स्तरीय अध्यक्ष कप भलीबल प्रतियोगिता हुने


जुम्ला-हिमा गाउँपालिकाले गाउँपालिका स्तरीय कर्णाली प्रदेशमै पहिलो पटक लाख बढी धनराशीको खेलकुद आयोजना गर्ने भएको छ । खेल क्षेत्रलाई अगाडी बढाउने उद्देश्यले देशै र तिहारको अवसर पारी लाख बढी धनराशीको खेलकुद आयोजना गर्ने भएको हो । प्रथम हिमा गाउँपालिका अध्यक्ष कप खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता नामाकरण गरिएको खेलकुद प्रतियोगितामा कर्णालीका सबै स्थानीय सहका खेलाडीहरुलाई भागलिन आह्वान गरिएको छ । दशै र तिहारको अवसर पारी यहि आउने असोज १० गते देखी १२ गते सम्म टीम दर्ता र १३ गतेबाट सुरु हुने प्रतियोगितामा नाम दर्ता गरी सहभागी हुन सबै स्थानीय तहलाई एक सूचना प्रकाशन गरी आग्रह गरिएको हो । पहिलो र दोश्रो हुने खेलाडी टिमलाई भारी धनराशीको पुरस्कार दिईने घोषणा गरेको गाउपालिकाले महिला तर्फ प्रथम हुनेलाई १ लााख १ हजार १ सय १ रुपैया नगद सहित मेडल ट्रफि सहित प्रमाण पत्र दिइने,  दोश्रो हुने टिमलाई ६० हजार १ सय १ रुपैया नगद सहित ट्रफि प्रमाणपत्र दिने गाउपालिकाले जनाएको छ । यस्तै पुरुष भलिवल तर्फ पहिलो हुने टिमलाई १ लाख १ हजार ५ रुपैया नगद पुरस्कार सहित मेडल ट्रफि प्रमाण पत्र दिने र दोश्रो हुने टिमलाई ६० हजार १ सय १ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र दिने गाउपालिकाले घोषणा गरेको हो ।

आउने असोज १० गतेबाट टिम दर्ता गर्न आह्वान गरेको गाउपालिकाले प्रतियोगितामा सहभागी हुने टिमलाई खाना बस्नको ब्यवस्था आफै गर्नु पर्ने जनाएको छ । सहभागी टिमले अनिवार्य रुपमा स्थानीय तहको आधिकारीक पत्र तथा आफ्नो पहीचान सहितको झण्डा ल्याउनु पर्ने जनाएको छ ।  टिम दर्ता गर्दा कुनै शुल्क नलाग्ने तथा प्रतियोगीताबारे थप जानकारी लिन परेमा ९८५८३२०४०२, ९८५८३२०६९३ र ९८५८३२२००१ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने समेत आग्रह समेत गरेको छ ।