बावीयाचौर स्पोस्टस कलब ए को पोल्टामाः५५ हजार


सुर्खेत कार्तिक ५-पश्चिम सुर्खेतको बावीयाचौरमा जारी बावियाचौर च्यालेन्ज कपको उपाधि बावीयाचौर स्पोस्टस कलब ए को पोल्टामा परेको छ। आज भएको फाइनलमा बावीयाचौर स्पोस्टस कलब बी लाइ ४-१ गोल अन्तरले पाखा लगाउदै बावीयाचौर स्पोस्टस कलब ए उपाधी हात पारेको हो।

खेलमा कष्ण रावल र नरी शाहीले समान २-२ गोल गर्नु गर्दै जित हात पार्न सफल हुनु भयो । बावीयाचौर स्पोस्टस कलब बी का मन्दीस सुनारले १ गोल फर्कान सफल भयो। जित सहित बावीयाचौर स्पोस्टस कलब ए ले ५५ हजार हात पारेको छ भने बी ले  २५ हजारमा चित बझाएको छ।

साभारः राराखबर अनलाइन