कोरोना थप नयाँ ७ संक्रमित पुष्टी


२७ वैशाख, सुर्खेत । आज शनिवार नेपालमा कोरोना भाइरस (कोभिड-१९)का थप सात जनामा संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमितहरु उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।