मेहेलकुनामा मनोसामाजिक परामर्श सम्बन्धि तालिम सम्पन्न


मुना हमाल ।
सुर्खेत, २९ साउन ।news photo
सिविन नेपालको आयोजनामा मनोसामाजिक परामर्श र संयन्त्र प्रणाली सम्बन्धि एक दिने तालिम शनिबार सुभाघाटगंगामाला नगरपालिका (साविकको मेहेलकुना गाविस) मा सम्पन्न भएको छ । युरिपियन कमिशनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा संचालित ‘बाधा अबरोध हटाऔंः  शिशु बालिका अधिकार संरक्षण गरांै’ (बिटिबि) परियोजना अन्तरगत मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिवृद्धि गर्ने र ५ वर्ष मुनिका बालिकाको अधिकार संरक्षण सम्बन्धि जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो  ।
तालिममा मनोसामजिक समस्या पहिचान कसरी गर्न सकिन्छ, यसका कारण, मनोसामाजिक सहयोग गर्ने तरिका र सिप, मनोसामाजिक समस्यामा भएका व्यक्तिहरुलाई कहाँ सिफारिस गर्ने संयन्त्रबारे जानकारी, गर्भपतन सम्बन्धि अवधारणा र कानुनी व्यवस्था, समुदायमा कसरी सहयोग गर्ने र लैंगिक विभेदको बारेमा छलफल गरिएको थियो ।
तालिममा महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जालका सदस्य, आमा समूह, सुरक्षा निकाय, नागरिक सचेतना केन्द्र, गाउँ बाल बाल संरक्षण केन्द्रलगायतको उपस्थित रहेको थियो । तालिममा आवाज संस्थाकी बरिष्ठ मनोसामाजिक परामर्शदाता निशा पौडेल र वल्ड भिजन एड्भोकेसी फोरम मनोसामाजिक परामर्शदाता पुष्पा मल्ल कोइरालाले प्रशिक्षण दिएका थिए ।
विटिवि’ परियोजना जिल्लाका दशरथपुर, सहारे, मेहेलकुना, बावियाचौर, सालकोट, वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको छ । नागरिक समाजको क्षमता अभिवृद्दि गर्दै साझेदारी र समुदायमा आधारित शिक्षा मार्फत प्रमुख रुपमा नेपाली समाजमा बिद्यमान लिंग छनौट र शिशुबालिकाहत्यालाई न्यूनीकरण गरी बालिका बिरुद्ध हुने निकृष्टप्रकारको भेदभावमा कमील्याउने उद्देश्यले परियोजना लागु भइरहेको छ ।