जुम्ला जाँदै गरेको जिप रातानाङ्गलामा दुर्घटना, १ को मृत्यु (भिडियो सहित) अपडेट


१९ असोज, सुर्खेत । नेपालगंजबाट जुम्लाकालागि छुटेको जिप सुर्खेत दैलेख सडक खण्डको रातानाङ्गलामा दुर्घटना भएको छ ।

भे १ ज १०८४ नम्बरको जिप अनियन्त्रित भै सडकबाट करिव १०० मिटर तल खस्दा चालक सहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा हिमा गाउँपालिका १ का अन्दाजी २५ बर्षिय सुरेन्द्रकुमार शाही को उपचारको क्रममा मृत्यु भएको छ भने घाईतेहरुको स्थानीय नर्सिङ्ग होम र कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचार भई रहेको घाईते हरु ।
१) जि.जुम्ला गोठिचौर गा.पा.४ बर्ष ३२ को धनानन्द पान्डे अवस्था सिरियस ।
२) ऐ.ऐ.बस्ने बर्ष २९ को धर्म दत्त देबकोटा अवस्था सिरियस ।
# माया नर्सिङ होममा उपरार भईरहेका घाईते हरु ।

३) ऐ.चन्दनाथ न.पा.७ बस्ने बर्ष १८ कि नन्दा रावल अवस्था मध्यम ।
४) ऐ.ऐ.बस्ने बर्ष १७ को निर्मल रावल सामान्य ।
५) ऐ.ऐ.बस्ने बर्ष १८ को प्रकाश रावल सामान्य ।
६) जि.जुम्ला गोठिचौर गा.पा ४ बस्ने बर्ष २६ को लोकेन्द्र जैशी सामान्य।
७) ऐ.ऐ.बस्ने बर्ष ३५ को हरिचन्द्र न्यौपाने सामान्य ।
८) ऐ.ऐ. बस्ने बर्ष ६३ को भवानी प्रशाद पाण्डे अवस्था मध्याम ।
९) जिल्ला सुर्खेत भेरिगंगा न.पा.१२ छिन्चु बस्ने बर्ष ३१ को गोबिन्द सिहं (गाडि चालक ) मुखमा चोट अवस्था सामान्य ।