जनजीवन कष्टकर

अविरल ढकाल, जुम्ला
माघ २९
यो वर्षमाघ महिनाको अन्तिम दिन आज जुम्लामा हिउँपात भएको छ । पुषको हिउँ शिला माघको हिउँ विला भने स्थानिय उखान जुम्ला बासीको जनजिब्रो प्रचित छ भए पनि यो वर्षहिउँ नपर्दा जुम्लाका किसानहरु चिन्तित थिए । तर आज दिउँसो बाट पानीका साथै हिउँ पर्न सुरु भए संगै किसानमा खुशी छाएको हो ।

जुम्लामा यो वर्ष हिउँदको समयमा हिउँ नपर्दा किसानहरुले लगाएको हिउँदे बाली सप्रन सकेको थिएन तर यो हिउँदे वर्षातले हिउँदे बालि सप्रने भएको हुँदा किसान हर्षित भएको किसान ओम अधिकारी भने ।

जुम्लाका स्याउ किसानहरुले यो समयमा स्याउका नयाँ विरुवा रोप्ने समय भएको र रोपेको विरुवामा सिचाई गर्नका लागि पानी गाग्रीमा बाकेर हाल्नु बाध्यता थियो तर यो हिउँपातले हामी जुम्लाबासीमा खुसी छाएको किसान शिवशंकर चौलगाईले बताए । उनले भने हिउँ परेको हुदाँ जुम्ली किसानले हिउँपोखरीमा हिउँ सकलन गर्नमा पनि सजिलो भएको छ ।
जुम्लाका किसानहरुले लगाएको हिउँदे बाली जौ, गहुँ, र उवा सप्रिने र फलफुलका लागि पनि राहत हुने भएको छ । हिउँ पर्न थाले साथै जुम्लामा चिसो पनि बढेको छ । चिसो बढे संगै जुम्लाको जनजीवन कष्टकर बनेको छ ।



Prawash Kumar Shakya । २९ माघ २०७४, सोमबार ११:३८ बजे