बर्थिङ्ग सेन्टरमा सोलार सिष्टम प्रयोग विहिन


अविरल ढकाल, जुम्ला
माघ ११
जुम्लाको तातोपानी गाँउपालिका ४ हाँकुमा रहेको इलाका स्वास्थ्य चौकीमा जडान गरिएको तातोपानी सोलार सिस्टम प्रयोग विहिन भएको छ । २०७० सालमा हाँकु वर्थिङ्ग सेन्टरमा जडान गरिएको तातोपानी सोलार सिस्टम प्रयोगमा नआएर नै विग्रिएको हो ।

इलाका स्वास्थ्य चौकी हाँकुका अहेव पूर्णप्रसाद उपाध्यायले भने सोलार सिस्टमको तातोपानीले हाल विग्रिएको छ । सोलार सिस्टम सम्म पानी जान्छ तर तातिएको तातोपानी धारा सम्म आउँदैन जस्ले गर्दा वर्थिङ्ग सेन्टरमा सुत्केरी भएका आमा नवजात शिशुलाई नुहाउनको लागि समस्या भएको छ । उनले भने २ महिना अघि तातोपानी गाँउपालिका ४ का वडा अध्यक्ष अनुगमनमा आएर मर्मत गर्न भने पनि अहिले सम्म पनि वडा अध्यक्षले मर्मत गर्नको लागि कुनै पहल गरेको देखिदैन ।

राजनैतिक दलका प्रतिनिधि आउँछन्, मर्मत गर्ने आश्वासन मात्र दिन्छन् तर मर्मत गर्ने कुनै पहल नभएकोले गर्दा बर्थिङ्ग सेन्टरमा जन्मेका नवजात शिशुलाई चिसो पानीले नुहाउदाँ निमुनिया रोगले सताउनुका साथै स्वास्थ्यमा प्रतिकुल असर  पर्ने इलाका स्वास्थ्य चौकी हाँकुका अहेव उपाध्यायले बताए ।

वर्थिङ्ग सेन्टरमा जन्मेका नवजात शिशुलाई चिसो पानीले नुहाउदाँ निमुनिया रोगले सताउनुका साथै स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने गरेको उपाध्यायले बताए ।

जुम्लामा रहेका अधिकाशं वर्थिङ्ग सेन्टरमा तातोपानीको व्यवस्था नै छैन । सोलार सिस्टम तातोपानी व्यवस्था भएका वर्थिङ्ग सेन्टरको हालत इलाका स्वास्थ्य चौकी हाँकुको जस्तै छ । दुर्गमका वर्थिङ्ग सेन्टर स्वास्थ्य चौकीमा न कर्मचारी हुन्छन्, नसमयमा नै औषधी पुग्छ । यस बर्षबाट नेपाल सरकारले स्थानिय तह लागु गरे देखि झनै समस्या बढ्दै गएको कार्यरत स्वास्थ्य कमिहरु बताउँछन् ।