
३ भाद्र, सुर्खेत । सामाजिक सञ्जाल फेसबुक समूह “मोटे ग्याङ्ग नेपाल” र बाइक राइडरहरुको समूह “993 Racing Team” ले आज वीरेन्द्रनगरमा जारी निषेधाज्ञाको समयमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुलाई खाजा, माक्स, स्यानिटाइजर तथा खानेपानी हस्तान्तरण गरेको छ ।
“हामी घरमा सुरक्षित यसकारण छौ कि कोहि सडकमा दिन रात खटिएको छ,भोक,प्यास,निन्द्रा नभनी,हाम्रो स्वास्थ्य सुरक्षाको लागि दिनरात नभनी खटिने रास्ट्रसेवकहरु प्रती कृतज्ञता ज्ञापन गर्नकालागि वीरेन्द्रनगरको धुलियाबिट, पिपिरा, मंगलगढी चोक, एरि चोक, बाङ्गेसिमल लगाएत नगरको प्राय सबै क्षेत्रमा सुर्खेत भ्याली भरिको लगभग सबै ठाउँमा ड्युटीमा बस्नु भएका सुरक्षाकर्मीहरुलाइ खाजा तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौं । मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाले भन्नुभयो ।
“यसकार्यमा साथ दिने डा. नवराज केसी, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल कर्णाली प्रदेशका अध्यक्षका प्रमी शाक्य, हाम्रो सानो प्रयासका पुकार बम, रमेश खाद्य किराना पसल, शितल एग्रो भेट, शुभ होटललाई विषेश धन्यवाद दिन चाहन्छौ ।” एडमिन थापाले भन्नुभयो ।




Prawash Kumar Shakya । ३ भाद्र २०७७, बुधबार २१:१७ बजे