सामाजिक जवाफ देहिता सबैका लागी अनिवार्य छः माननिय थापा(फोटो फिचर सहित)


मिलन श्रेष्ठ
असोज २८, दैलेख । कर्णाली प्रदेश सभा सदस्य माननिय सुशिल थापाले सामाजिक जवाफ देहिता सबैका लागी अनिवार्य भएको र सुशासनबाटै मुलुकको समृद्ध हुने कुरामा जोड दिनु भएको छ ।

गैसस महासंघ दैलेखले नारायण नगरपालीकामा मंगलबार(आज) आयोजना गरेको सामाजिक जवाफदेहिता प्रबद्र्धनमा स्थानिय सरकार र नागरिक समाजको भूमिका बिषयक एक दिने अत्तरक्रिया कार्यक्रममा उहांले उक्त कुरा बताउनु भएको हो ।

स्वागत मन्तव्य दिदै, गैसस कर्णाली प्रदेश महासंघ सचिव सि.पि.शर्मा।

यसै गरी कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले जनप्रतिनिधि आफै मिलेमत्तोमा कसिशन खान थालेकै कारण भ्रष्टाचार मौलाउदै गएको र उक्त भ्रष्टचार रोक्न कठिन भएको टिप्पणी समेत गनुभयो ।

गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य अमरबहादुर थापा लगाएतले सुशासन र पारदशीैताका बारेमा गम्भिर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रस्तुती गर्देःप्याक्ट सासका प्राविधिक सल्लाहकार दुर्लभ बोगटी ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, चामुण्डाबिन्द्रासैनी नगर प्रमुख सुर्यबहादुर शाही, महाबु गाउंपालिका अध्यक्ष जयबहादुर शाही, भगवतीमाई गाउंपालिकाका अध्यक्ष दानबहादुर थापा, नौमुले गाउंपालिकाकी उपाध्यक्ष अमृता सिंह लगाएतको उपस्थीत रहेको कार्यक्रममा सहायक प्रजिअ ईन्द्रबहादुर क्षेत्री र प्याक्ट सासका प्राविधिक सल्लाहकार दुर्लभ बोगटीले सुशासन नीति, सूचनाको हक, पारदर्शिताका अभ्यासहरु र स्थानीय सरकारको कार्यर्शैलीका बारेमा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी अथिती गणहरु ।

गैसस महासंघ नागरिक समाजका संस्था सल्लाहकार समूह दैलेखका सचिव तेजबहादुर थापा सहजीकरण गर्नुभएको कार्यक्रममा गैसस कर्णाली प्रदेश महासंघ सचिव सि.पि शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रस्तुती गर्देःसहायक प्रजिअ ईन्द्रबहादुर क्षेत्री ।