समाचारको बिश्वसनियतामानै प्रश्नचिन्ह आउनेखालको काम गर्नुहुदैन – मन्त्री शक्ति बहादुर बस्नेत


२ कात्तिक सुर्खेत

कुनै पनि पत्रकार साथीहरुले समाचारको बिश्वसनियतामानै प्रश्न चिन्ह आउने खालकाो काम गर्नु हुदैन भनी आग्रह गर्नु भएको छ ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त आग्रह गर्नु भएकोहो । पत्रकारहरुले संघिय सरकारले कर्णाली लाइ हेर्ने दृष्टिकोण फरक हो या यहाँका मन्त्री र सांसदहरुको केन्द्रमा पहुच नपुगेको हो भन्ने प्रशनको जवाफमा  सो कुरा ब्यक्त गर्नु भएको हो ।

नेपाल सरकारले कर्णाली लाइ प्रमुख प्राथमिकतामा राखी यो बर्ष आर्थीक र सामाजिक बिकासलाइ अघि बढाइ आर्थीक बिकास  र संरथना निर्माणमा तिब्र गति ले लागी परेको कुरालाइ बिभिन्न सामाजिक संजालहरुले यस्लाइ बंज्ञाइ समाचार बनाएको प्रति सबैले गम्भिर भइ सोच्नु पर्नेबेला भएको  र यस्ता खालका समाचारको बिश्वसनियतामानै प्रश्नचिन्ह आउने भएकाले  सबै संचारकर्मीहरुले सोच बिचारगरी बिषयको राम्रो सँग अध्ययनगरेर मात्र सम्प्रेशण गर्न पनी अनुरोध गर्नु भयो ।

मन्त्रीमन्डलको हेरफेर हुदैछ भन्ने प्रश्नको जवाफमा मन्त्री मन्डल हेरफेर गर्ने ,कस्तो खालको मन्त्रीमणडल बनाउने ,सरकारलाइ कसरी सफल पार्ने भन्नकुरा प्रधान मन्त्रीको अधिकारको कुरा भएकाले कसोगरे सरकार सफल हुन्छ र सजिलो हुन्छ त्यो उहाँको   अधिकार क्षेत्र  हो भन्नु भयो  ।

राजधानी बिरेन्द्र नगर आसपासमा रहेका भुमीहिनहरुलाइ सरकाले जग्गा उपलब्ध गराउनका लागी पहल चालीसकेको र जतिसक्दो चाँडो ज्ग्गा उपलब्ध गराउने कुरामा पनि बिश्वस्त पार्नु भयो भने सरकार लाइ सफल पार्न होस वा सबै क्षेत्रमा बिकास निर्माणका कामलाइ गति दिनेहो भने सबैले आ-आफ्नो तह र तप्का बाट लागी पर्नु पर्ने र सरकारलाइ सहयोग गर्नु पर्ने कुरामा पनी जाोड दिनु भयो ।