
४ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको पूर्व तर्फको गुर्भाकोट नगरपालिका ९ स्थित भुल्केमा लिफ्ट प्रविधि मार्फत सिंचाईको व्यवस्था गरिएको छ ।
विगत देखि सिंचाईको अभावमा रहेका त्यहाँका नागरिकहरु लिफ्ट मार्फत सिंचाई हुने भएपछि खुसी भएका छन् ।
करिब १ सय ५० मिटर जमिन मुनिवाट भेरी नदिको पानी लिफ्ट प्रविधि मार्फत त्यहाँको स्थानीय भुल्के लिफ्ट सिंचाई आयोजनाले वारीसम्म पानी ल्याउन सफल भएको हो ।
आज (सोमवार) कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले उक्त सिंचाई आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको छ । त्यहाँको करिब ६ सय रोपनी जग्गामा बाह्रै महिना सिंचाई सहित तरकारी खेती गर्नका लागि १० लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना, वडा नंम्बर ९ को कार्यालय र स्थानीयले घरघर बाट अर्थ संकलन गरेर सिंचाई योजना सम्पन्न गरेको आयोजनाका अध्यक्ष भिमबहादुर घर्तिले बताउनुभयो ।
आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद विष्टले त्यहाँका व्यवसायीक तरकारी खेती गर्ने किसानहरुलाई लिफ्ट सिंचाई आयोजनाले ठुलो राहत पुर्याएको बताउँदै उहाँले प्रदेश सरकारबाट पनि आफ्नो निर्वाचन क्षेत्रका थुप्रै क्षेत्रमा सिंचाई कुलो निर्माणका लागि योजना परेको भन्दै अब विकासले फड्को मार्ने बताउनुभयो ।

यसैवीच आजै साँसद विष्टले गुर्भाकोट नगरपालिका ९ साहरेको जनसेवा माध्यमिक विद्यालयको २ कोठे नयाँ भवनको उद्घाटन पनि गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकार शिक्षा निर्देशनालयको २० लाख अनुदान रकमबाट उक्त निर्मित २ कोठे भवनको आज (सोमवार) सांसद विष्टले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद विष्टले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले आफ्नो पहिलो आफ्नो निर्वाचन क्षेत्रका सबै विद्यालयमा पुर्वाधार तर्फ विकास तर्फ जोड दिने बताउनुभयो ।
प्राविधिक शिक्षा तर्फपनि जोड दिंदै भेरी मावि घुमखहरेमा पहिलो पटक प्राविधिक धारको कक्षा शुरु गरिएको बताउँदै उहाँले यसै बर्ष मेहेलकुना स्कुललाई प्रदेश सरकारको योजना अन्तरगत डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।



Milan Shrestha । ४ कार्तिक २०७६, सोमबार १८:४७ बजे