मौसम कुमार
चैत्र १८, दैलेख ।
दैलेख जिल्लामा रहेको प्रसिद्ध धार्मिक र ऐतिहाँसीक महत्व बोकेको दाह संस्कार थलो श्रीस्थान आर्यघाटको नारायण नगरपालिकाले सफाई गरेको छ ।
जिल्लाका प्राय सवैजसो ठाँउहरुवाट दाहसंस्कारका लागि आउने भएपनि पनि यस क्षेत्रको सफाईमा कसैको ध्यान नगएको भन्दै नगरपालिकाले सफाई गरेको हो । उचित सफार्इृ नभएको कारण हिजोआज आर्यघाट फोहोर बन्दै गएकाले नारायण नगरपालिका वडा नं. १ को विशेष पहलमा आर्यघाट सफाईृ अभियान थालिएको वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताउनु भएको छ ।



Milan Shrestha । १८ चैत्र २०७४, आईतवार ०४:३६ बजे