होटलमा सरसफाईमा कमी, गैरकानुनी रुपमा पसल सञ्चालन


सल्यान, ५ कार्तिक ।

सल्यानका बजारमा कतिपय पसलहरु गैर कानुनी रुपमा सञ्चालन भएको पाइएको छ । स्थानिय तहहरुले गरेको अनुगमनको क्रममा पसल दर्ता नगरि गैर कानुनी ढंगले संचालन भएको, दर्ता नवीकरण नगरेको तथा ईजाजत नलिएर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रि वितरण भएको पाइएको हो । जिल्लाको कपुरकोट, सिद्धकुमाख र दार्मा गाउँपालिकाले आफ्नो पालिका भित्रका बजारहरुमा अनुगमन गरेका हुन् ।

कपुरकोट गाउँपालिकाका दुई सय भन्दा बढि पसलमा गरिएको अनुगमनको क्रममा विभिन्न कमजोरिहरु देखिएको अनुगमन समितीका संयोजक अरुण दाहालले जानकारि दिनु भयकाे छ  । गत आइतबार देखि मंगलबार सम्म तीन दिन लगाएर गाउँपालिका भित्रका सबै बजारको अनुगमन भएको उहाले जनाउनु भएको छ  ।

होटलहरुमा सरसफाईको कमी देखिएको, खाना बनाउने र भाँडा माझ्ने ठाउँ नजीकै भएको, कतीपय पसल दर्ता तथा नवीकरण नै संचालन भएको पाइएको उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा अनुगमन टोलिका सदस्य कमल घर्ती मगरले जनउनु भयो  । पसलको साईन बोर्ड नराखेको, मुल्यमा एकरुपता नभएको, मुल्य सूची नराखेको, मासु पसलमा सरसफाईमा कमी देखिएको उहाँले बताउनु भयो । अनुगमन टोलिले गम्भीर समस्या देखिएका पसल तथा होटललाई पत्र काटेर सात दिन भित्र गाउँपालिकामा उपस्थित हुन भनेको छ । यस्तै अधिकांश पसललाई कैफियत देखिएका विषयमा तत्काल सुधार गर्न सुझाव दिएको अनुगमन टोलिले जनाएको छ ।

यद्यपि यस अघि गरिएको अनुगमनको प्रभाव स्वरुप धेरै कुरामा सुधार आएको देखिएको अनुगमन समिती सदस्य सन्तोष घर्तीले बताउनु भयो । व्यवशाय दर्ता तर्फ सचेतना फैलदै गएको, म्याद नाघेका सामग्री कम भेटिएको, घरेलु मदिरा विक्रिमा कमी आएको देखिएको उहाले बताउनु भयो  ।

जिल्लाका स्थानिय तहहरुले कानुनी प्रक्रिया पुरा गरेर व्यवशाय सञ्चालन गर्न आग्रह गरेका छन् । नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी उपभोक्ता हित संरक्षणलाइ ध्यान दिदै स्थानिय तहहरुले बजार अनुगमन निर्देशिका तयार गरेका छन् । मंगलबारको अनुगमन कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले आफ्नो पालिकाले गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५ जारी गरेर लागू गरेको बताउनु भयो  ।

व्यवसाय दर्ता , वस्तु र सेवाको आपुर्ति, मुल्य, गुणस्तर जस्ता विषयलाई ध्यानमा राखेर अनुगमन टोलिले बजार अनुगमन गर्ने गरेको अध्यक्ष सेनले जनाउनु भयो  । उहाँका अनुसार निर्देशिकाको ब्यवस्था अनुसार कपुरकोट गाउँपालिकामा उपाध्यक्ष तिला बुढा मगरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिती गठन गरिएको छ ।