
माघ,१९ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ३ नं वडा कार्यालय सुर्खेतले सिपको अभावका कारण बेरोजगार अवस्थामा रहेका वडामा बसोवास गरिरेका महिलाहरुका लागि आय–आर्जन कार्यक्रम अन्तर्गत सिलाई–कटार्इ तालिम, , नासु र खरिदार तहको लागि लोकसेवा तयारी कक्षाका साथै बेशिक र डिप्लो निशुल्क कम्प्युटर शिक्षा तालिमको आज वीरेन्द्रनगरमा उद्घाटन भएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भूपेन्द्र खत्रिको प्रमुख आथित्यता सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै महिला संजाल वडाका अध्यक्ष सरस्वती थापा(रोकाय)ले सिपका अभावका कारण बेरोजगार भई बस्नु परेका महिला दिदी बहिनीहरुलाई सिप मार्फत् धेरै परिवर्तन गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ संचालित कार्यक्रम नगरपालिका अन्तर्गतका वडाहरुमा पहिलो भएको दाबि गर्नु भयो । थापाका अनुशार यस वडा कार्यलयले गत आर्थिक बर्षमा पनि १० लाख बिनियोजन गरी कार्यक्रम संचालन गरेको थियो भने यो बर्ष पनि रु १० लाख रुपैयाको आर्थिक सहयोग गरेको छ ।
ऋाज वीरेन्द्रनगर नगरपालिका वडा नंं.३ मा सम्पन्न कार्यक्रममा कुल १२२ जना महिलाहरुको सहभागीता रहेको थियो । जसमा ४० जना लोकसेवा तयारी कक्षाका लागी, ४६ जना सिलाई–कटाई तालिमका लागी उपस्थित भएका थिए भने ३६ जना महिलाहरु कम्पयूटर तालिमका लागी उपस्थित भएका थिए जस अन्तर्गत यहि माघ ११ गतेका दिन सिलाई–कटाई तालिमको कक्षाको उद्घाटन भईसकेको थियो ।
सुर्खेत कम्प्यूटर इन्ष्टिच्यूट तथा कोचिङ्ग सेन्टर को समन्वयमा लोकसेवा तयारी कक्षा र शुभम् मल्टिनेशनल टेनिग एण्ड रिसर्च सेन्टरको समन्वयमा क्प्यूटर तालिम तयारी कक्षा शुरु गरेको हो ।



Milan Shrestha । १९ माघ २०७५, शनिबार १९:३७ बजे