
नेवार जातिहरु सबै एकिकृत भएर जानुपर्ने कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको । शाहीले आज प्रदेश राजधानी वीरेन्द्रनगरको पर्यटकिय स्थल बुलबुलेमा नेवा देय् दबु जिल्ला शाखा सुर्खेतको सम्पन्न पाँचौ अधिवेशन तथा चौथो खाना महोत्सवको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शाहीले नेवार जातिहरुको जहाँजहाँ नेवार त्यहाँ भिमसेन भन्ने अभियानलाई सार्थक पार्नकालागि सुर्खेतको वीरेन्द्रनगरमा बनाईने भिमसेन मन्दिरकालागि आफ्नो सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख अतिथि शाहीले भिमसेन मन्दिर स्थापनाकालागि जग्गादान गर्नुहुने समाजका सदस्य कार्लमार्क्स श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो । यस्तै अधिवेशनले नेवार जातिबाट सुर्खेत जिल्लामा विभिन्न क्षेत्रबाट उत्कृष्ट कार्य गर्ने लाई सम्मान गरेको छ । त्यस्तै अधिवेशनले तिलाकुमारी शाक्य श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा सरोज श्रेष्ठ उपाध्यक्षमा कार्लमाक्स श्रेष्ठ सचिव बालकृष्ण श्रेष्ठ महिला सचिव यमुना श्रेष्ठ कोषाध्यक्ष प्रवाशकुमार शाक्यलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सुरेश मानन्धर चन्द्रकुमार श्रेष्ठ कुमार श्रेष्ठ प्रवेशमान मानन्धर श्रवण श्रेष्ठ अनिश श्रेष्ठ गणेशप्रसाद श्रेष्ठ गंगा श्रेष्ठ सैंजु र सुशिला श्रेष्ठलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शाक्यले कार्यसमितिका उपाध्यक्ष कार्लमाक्स श्रेष्ठले भिमसेन मन्दिर निर्माणकालागि जग्गा दान गरेको ठूलो पुण्यको काम गर्नुभएको बताउँदै अब आफूहरु भिमसेन मन्दिर बनाउन लागि पर्ने बताउनुभयो । विभिन्न नेवारी खानाका परिकारहरु रहेको अधिवेशनको सहजीकरण सचिव बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।




Prawash Kumar Shakya । ९ चैत्र २०८१, शनिबार २०:०३ बजे