उपचारका क्रममा सशस्त्र प्रहरी निरीक्षक थापाको मृत्यु


भावना हमाल ।

 कार्तिक २०, दैलेख । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुत्नु भएका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उहांको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका एसपी सरत न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–०८, निवासी हुनुहुन्छ । ’मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुत्नु भएको थियो । बुधबार बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ। तर बचाउन सफल भएनौँ’, एसपी न्यौपानेले भन्नु भयो, ’डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशंका छ ।’ अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उहांकै   जिल्ला पठाएर कानुनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि एसपी न्यौपानेले बताउनु भयो । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आईरहनु भएको थियो ।

ज(मंगलबार) सांभ ५ः२०मा नेपाल आर्मिको हेलिकप्टरद्धारा थापाको सब गृह जिल्ला ल्याईएको आफन्तले जानकारी दिनु भयो ।