
मिलन श्रेष्ठ
कार्तिक २५ सुर्खेत । लायन्स क्लब अफ सुर्खेत शिबबिहार, लायन्स क्बल अफ सुर्खेत, सेरोफेरो र लियो क्बल अफ सुर्खेत सेरोफेरोको सुर्खेतको संयुक्त आयोजनामा सोमबार(आज)वीरेन्द्रनगरमा नगरपालीका वडा नं.०९, लाटीकोईलीमा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिगत लामो समय देखि जिल्लामा लायन्स क्लबहरु गठन भए पश्चात लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य, बाल–बालिका, बृद्ध–बृद्धा लगाएत विभिन्न समाजिक क्षेत्रहरुमा कार्य गर्दे आईरहेको र समय–समयमा रक्तदान, निशुल्क मधुमेह परिक्षण जस्ता कार्यक्रमहरु गर्दे आईरहेको छ ।

लायन्स क्लब अफ सुर्खेत, शिबबिहारका अध्यक्ष लायन्स शुभाष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाका अध्यक्ष सुरेश मानन्धर,अतिथिहरु एओजी एमजेएफ ला.किशोर रेग्मी, जोन चियर पर्सन ला.युवराज पौडेल, डिस्टीक अफिसरहरु लायन्स बालकृष्ण श्रेष्ठ, लवमान श्रेष्ठ, प्रवेशमान मानन्धर, लायन्स क्लबअफ सेरोफेरोका सचिव भरत देवकोटा, राम थापा र वडा नं ९ वडा प्रहरी प्रमुख ललितबहादुर रावत लगाएतको उपस्थित रहेका थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुरेशमानन्धरका अनुशार जिल्ला स्थीत लायन्स क्लबहरुले बिगत समय समयमा गाउ–गाउ, बस्ती÷बस्तीमा गएर विभिन्न शिक्षा, स्वास्थ्य, बाल–बालिका र लागु औषध दुब्यसनि बिरुद्ध कार्यक्रमहरु संचालित गर्दा यसले समाजका रहेका बिकृती, बिसंगतीलाई न्युनिकरण गर्नुका साथै सम्पुर्ण समाजमा सकारात्मक सन्देश गएको बताउनु भयो ।

यसै गरी आज समापन मधुमेह परिक्षण कार्यक्रमलाई बोहोरा मेडिकल सुर्खेत र देबकोटा फार्मेसि कालागाऊको प्राविधि सहयोग गरेको थियो भने, बोहोरा मेडिकलका प्राविधिका अनुशार हरेक घरमा कम्तिमा पनि १ जनालाई नर्सर्ने यो रोग देखा पर्दे आईरहको छ, तर समस्या कहांनिर छ भने यो रोगको समस्या देखिए पछि मात्र परिक्षण गर्ने आउने परिपाटिले गर्दा यो रोग कति जनामा छ भन्न नसकिने बताउनुभयो, उहाँका अनुशार बिशेष गरी ३५ बर्ष उमेर पुगी सकेकाहरुमा यो रोग देखा पर्दछ, तर यसको मतलब ३५ बर्ष भन्दा मुनिकालाई नहुने भन्ने चाहि होईन ।

उहांका मलाई मधुमेह छ या छैन भन्नका लागी सके महिनामा १ पटक न भए ३–३ महिनामा अनिवार्य जचाउनु पर्ने बताउनुभयो । जसले गर्दा यो रोग लागेकाहरुले पनि पूर्ण रुपमा निर्मूल पार्न नसके पनि यो रोगले ग्रस्ति नबनाउने जानकारीदिनुभयो ।
कार्यक्रमका अध्यक्ष श्रेष्ठले, यो महिनालाई बिशेष गरी मधुमेहको महिना भनि मनाउने गरिएको बताउनुभयो, उहांका अनुसार सर फिरडेरिक बेन्तिंग सन् १९२२ नोमेम्बर महिनाको १४ तारिखमा जन्मिएको र मधुमेह पत्ता लगाएको हुनाले उहांको जन्मदिनको रुपमा मनाउदै आउने गरिएको हो ।
कार्यक्रमका अतिथी एवंम् जोन चियर पर्सन युवराज पौडेलले स्वागत मन्तव्य सहित हाल आएर सर्ने रोग भन्दा, नसर्ने रोगले मानिसहरुलाई बढी ग्रस्ति गराउने र अहिलेको परिवेशमा मधुमेह नभएका रोगीहरु भेटाउन मुश्कील भएको र यसलाई समयमा नै उपचार गरे कम हुदै जाने र आज आयोजना गरिएको कार्यक्रममा महिला र पुरुष गरी कुल ७५ जनाको परिक्षण गरिएको जानकारी समेत दिनुभयो ।




Milan Shrestha । २५ कार्तिक २०७६, सोमबार ११:११ बजे