पावरफूल सरकार भनेको जनताहुन् -मुख्यमन्त्री शाही


१ म‌सिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा बिकास हुन नसक्नुको पछाडी तिनै तहका सरकारको आपसी सहमती नभएको र आपसी दम्भका कारण बिकास हुन नसकेको कुरा प्रष्ट पार्नु भएको छ ।

आज लेकबेशी कृषि उपज पर्दशनी, पर्यटन खेलकुद तथा साँस्कृतीक मेलाको समापन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो बताउनु भएको हो ।

कुनै पनी बिकास निर्माणका कामहरुमा आफूले गर्दा भएको हो आफु नभए कुनै पनी काम हुन नसक्ने कुरामा तिनै तहका सरकारले खुट्टा अड्याइरहेकाले यो अवस्थाको श्रृजना भएको कुराअवगत गराउदै तिनै तहका सरकार भन्दा पनी पावरफुल सरकार अर्को पनी छ त्यो हो जनता, जनताले चाहे भने जुन सुकै परिणाम पनी आउन सक्ने कुरामा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।

इतिहाँसमा नाम लेखाउन सफल यस क्षेत्रलाइ बिश्वमै चिनाउनकालागी कर्णालीमा भएका कला र सँस्कृतीहरुको जगेर्ना गर्न हामी सबैको दायित्व रहेको जिकिर गर्नुभयो ।