
३१ साउन, बाँके । पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गर्नुभएको छ ।
केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचारमाध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि पत्रकार न्यौपानेले बुधवार सुचना माग गर्नुभएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले सामाजिक संजाल मार्फत सरकारी संचार माध्यम नेपाल टेलिभिजन सँग विविध गतिविधि उत्पादन प्रशारण गर्ने भन्दै दुबै पक्ष वीच सम्झौता भएको उल्लेख सहितको समाचार शेयर गर्नुभएको थियो । उहाँले शेयर गरेको सो समाचारमा पत्रकार खगेन्द्र दाहलले कति रकम ? भनेर गरेको प्रश्नमा प्रमुख बस्नेतले १ करोड रकम खुलाउनुभएको छ ।
यसरी एउटा पालिकाले एउटा सन्चार माध्यमलाई सरकारी नीति र मापदण्ड विपरीत रकम सम्झौता गरेपछि यतिवेला बाँकेमा नागरिकले पनि उतिकै चासो राखेका छन् । नागरिकको चासो बढेसगै पत्रकार न्यौपानेले यो वर्ष गाउपालिकाको जम्मा बजेट कति ? संचारका लागि कति, कुन कुन शिर्षकमा ? नेपाल टेलिभिजन संगको सम्झौता, कति बजेट, कुन कुन शिर्षकमा कति कति बजेट ? स्थानिय मिडियाका लागि यो वर्ष कुनकुन शिर्षकमा कति बजेट ? लगायतका प्रश्नसहित सुचना उपलब्ध गराई दिन माग गर्नुभएको छ ।
उहाँले गाउँपालिकाका प्रेस सल्लाहकार अजुन ओली मार्फत पालिकाका सुचनाअधिकारी समक्ष सो सुचना मागपत्र दर्ता गराएको पत्रकार न्यौपानेले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । ३१ श्रावण २०७७, शनिबार १३:१० बजे