
मिलन श्रेष्ठ
मंसिर, १३ दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,भगवतीमाई खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ बिहिबार देखी भगवतीमाई गाउपालिकाको बेस्तडामा संचालन भएको भगवतीमाई पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा नारायण नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ सम्मानित हुनु भएको छ ।
महोसत्वको अवसरपारी आयोजकले खेलाडीहरुलाई सम्मान गर्नै कार्यक्रम अन्र्गत उहांलाई सम्मान गरिएको हो । पूर्व राष्टिय खेलाडी तथा पूर्व खेलकुद बिकास समिती दैलेखका अध्यक्ष समेत रहनु भएको श्रेष्ठलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अथिती एवंम् उधोग, पर्यटन तथा वातावरण मन्त्रि नन्दसिं बुढाले उहां लगाएत भविलका राष्टिय खेलाडी ईश्वर खड्का, व्याटमिन्टनका राष्टिय खेलाडी खगेन्द्र सिंहलाई दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो ।

यसैगरी महोसत्वमा कर्णाली सभा सदस्य धर्मराज रेग्मी, जिल्ला समन्वय समिती सदस्य नन्दबहादुर खड्का, भगवतीमाई गाउपालिका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी लगाएतको उपस्थित रहेको महोत्सवमा श्री सरस्वती युवा क्लब बेस्तडा दैलेखका सल्लाहकार सिपी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने उद्घाटन कार्यक्रम सरस्वती युवा क्लब बेस्तडा दैलेखका अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने महोसत्व यहि मंसिर १९ देखि २२ सम्म संचालन हुने आयोजकले जानकारी दियो ।




Milan Shrestha । २० मंसिर २०७६, शुक्रबार ०९:०८ बजे