सागमा स्वर्ण पदक विजेतालाई सरकारले ९ लाख दिने


Nepal men’s national football team players sing national anthem prior to their game against Bangladesh at the Dasrath Stadium in Kathmandu, on Friday, December 08, 2019. Courtesy: ANFA/Facebook

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

आज बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

त्यस्तै सागमा रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको छ ।

यसपटकको साग प्रतियोगितामा नेपालले विभिन्न खेलमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।