
बिस्नप्रसाद न्यौपाने
१३ पौष, कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाले बालबिबाह बिरुद्ध सचेतना मुलक अभियान संचालन गरेको छ ।
नगरले युनिसेफ नेपाल र जिल्ला प्रहरी कार्यालयको सहजिकरणमा बालबिबाह बिरुद्ध सचेतना जोगाउने अभियान थालेको हो ।
विद्यालयमा अध्यायनरत बालबालिकाहरुले नै बालबिबाह गर्ने गरेको भन्दै खाँडाचक्र नगरपालिकाले बाल बिबाह बिरुद्ध आधारभुत तह देखी माध्यामिक तहसम्मका बिद्यालयमा सचेतना जोगाउने अभियान थालेको खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले बताउनुभयो ।
उहाँले बालबिबाह लगाएतका बाल हिंसाका बिरुद्धमा बालबालिकाहरुलाई नै सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो । नगरपालिकामा रहेको प्रहरी, सामाजिक संघ संस्था र जनप्रतिनिधिहरुलाई यस अभियानमा लगाईएको छ । उहाँले भन्नुभयो ।
बालबिबाह बिरुद्धको अभियान अन्तरगत आईतबार जिल्ला सदरमुकाम मान्म बजारमा रहेको महादेव आधारभुत बिद्यालयमा सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्र प्रमूख संगिता वली र जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत प्रहरी जवान पंचकन्या गिरीले बालबिबाह गर्दा हुने समस्या, कानुनी सजाय र बालबालिका प्रति हुने हिंसा न्यूनिकरणका लागि बालबालिकाहरुकै सक्रियताका बिषयमा जानकारी दिनुभयो ।
सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्र प्रमूख संगिता वलीले बालबिबाह प्रति बालबालिकाहरुलाई नै सचेत बनाई बालबिबाह अन्त्य गर्न सकिने बताउनुभयो । उहाँले बालबिबाह कै कारण बिभिन्न समस्यामा पर्ने र पारिवारिक सम्बन्धमा समेत प्रभाव परी घरेलु हिंसामा परिर्णत भई आफ्नो सेवा कार्यालयमा कानुनी उपचारका लागि आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, जिल्लामा पछिल्लो समय घरेलु हिंसा, यौन दुव्र्यवहार जस्ता घटनाबाट पीडितहरु बढी आफ्नो सेवा कार्यालयमा कानुनी उपचारका लागि आउने गरेका छन् । उनीहरुलाई प्रहरीसँग समन्वय गरी न्याय दिलाउन र सामान्य प्रकृतिको बिबाद भए मेलमिलापबाट समाधान गर्ने काम भईरहेको बताउनुभयो ।



Milan Shrestha । १३ पुष २०७६, आईतवार १७:२४ बजे