
१५ चैत्र, सुर्खेत (छिन्चु) । कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम गर्ने प्रयास स्वरुप छिन्चुमा एक सहकारीले आफ्ना शेयर सदस्यहरुलाई मास्क वितरण गरेको छ ।
भेरीगंगा नगरपालिका १२ मा रहेको सानाकिसान कृषि सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुकालागि कोरोना भाइरसबाट बच्चकालागि माक्स वितरण गरेको हो ।
संस्थाका अध्यक्ष ज्ञानु भुषालले “हामीले अहिले संस्थाका शेयर सदस्यहरुकालागि करिब १ हजार ५ सय थान माक्स वितरण गरेका छौं । साथै कोरोना भाइरसबाट बच्नकालागि जनचेतना जगाउने खालका कार्यक्रमहरुपनि गरेको बताउनुभयो । उहाँले भन्नुभयो । यो छिन्चु बजार भनेको कर्णाली प्रदेशको पूर्वी जिल्लाहरु तर्फ जाने नाका पनि भएका कारणले यहाँ चारैतर्फका मानिसको आवतजावत पनि हुने हुँदा सम्पूर्ण नगरबासीहरुमा कोरोना भाइरसको संक्रमणकालागि सजग र सचेत अनुरोध गर्दछु ।



Prawash Kumar Shakya । १५ चैत्र २०७६, शनिबार १९:०१ बजे