केन्द्र सार्ने निर्णय किर्ते भएको ठहर


अदालतमा जाने तयारी
फागुन, २३, सुर्खेत ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सार्ने निर्णय अबैधानीक र किर्ते भएको निष्कर्ष निकालीएको छ । नगरपालिका प्रमूख गणेशबहादुर शाहीले किर्ते कागजात गरी केन्द्र सार्ने गरेको निर्णय किर्ते भएको उपप्रमूखको अध्यक्षतामा आज बसेको आपत्तकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

किर्ते कागजात मिलाई नगरपालिका प्रमूखले केन्द्र सारेको कदम अबैधानीक भन्दै पाँच दिन सम्म लगातार आन्दोलनमा रहेका जनप्रतिनिधि र स्थानीयवासीले यो निष्कर्षमा पुगेकाहुन् ।
रातारात केन्द्र सारेको दिन देखि नगरपालिका प्रमूख शाही छाप, लेटरप्याड लगायतका अफिसीयल सबै कागजातहरु लिई सम्पर्क बिच्छेद भएपछि थप आक्रोशित भएका बहुमत नगरसभाका पदाधिकारीहरुको उपस्थितिमा नगरपालिका उपप्रमूख योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको नगरसभा वैठकले केन्द्र सार्ने निर्णय किर्ते भएको निष्कर्ष निकालेको हो ।

उपप्रमूख योगेन्द्रबहादुर शाहीले टेलीफोनबाट जानकारी दिएअनुसार नगरप्रमूख गणेशबहादुर शाहीले पेश गरेको केन्द्र सार्ने निर्णय किर्ते गरी पेश गरेको ठहर गर्दै यो किर्ते कामको बिरुद्धमा अदालतमा जाने समेत निर्णय गरीएको छ । नगरसभा सदस्य धर्मलाल बुढाले नगरपालिकाका सबै जनताका साझा जनप्रतिनिधि हामी हौं भन्दै यदि बैधानीक रुपमा केन्द्र सार्ने प्रस्ताव नगरसभामा नगरप्रमूखले प्रवेश गरेको भए ब्यापक छलफल गरी सहमतिको आधार खोज्न सकिन्थ्यो ? उहाँले थप्नुभयो नगर प्रमूख शाहीले चोरबाटो प्रयोग गरी दिउसै रात पार्नुभयो ।

बिशेष नगरभेलाले गरेका निर्णयहरु यसप्रकार छन्