लाेकजंग राेकाया, सुर्खेत
१६ माघ । आज वीरेन्द्रनगरम ९ सुर्खेतको लाटीकोइलीमा वडा कार्यालयले आयोजना गरेको भेलाले लाटीकोइली स्थित एेतिहासिक शिव मन्दिरमा मन्दिर व्यवस्थापनकालागि तदर्थ समिति गठन गरिएको छ ।
स्थानीय समाजका बुद्धिजिवि तथा समाज सेवीहरू सहभागी भेलाले विद्याभूषण मानन्धरको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति गठन भएको वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले बताए ।
अहिले सम्म पुजारीकाे जिम्मामा रहेकाे एेतिहासिक मन्दिर अब देखि समितिले रेखदेख गर्ने तदर्थ समितिले चाँडै नै विधान र कार्यविधि तयार गर्ने समितिका संयोजक विद्याभूषण मानन्धरले बताए ।



Prawash Kumar Shakya । १६ माघ २०७४, मंगलवार ०९:१२ बजे