
२४ साउन, सुर्खेत । २८औं विश्व आदिवासी दिवस सुर्खेतमा पनि भब्यरुपले मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले भब्यरुपमा विश्व आदिवासी दिवस मनाएको हो ।
कोरानाका कारण २ बर्ष यता दिवस मनाउन नपाएपनि यस पटक ” पहिचान, पहूच, प्रतिनिधित्व र समावेशीका लागी आदिवासी जनजातिको आन्दोलन, जाती, भाषा, धर्म र सँस्कृती संरक्षणकोलागि देशव्यापी राष्ट्रिय जागरण” भन्ने नारा लिएर भब्यरुपमा मनाइएको महासंघका कार्यवहाक अध्यक्ष अशोक राजीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “हामीले यसपटक ३ दिन सम्म दिवस मनायौ जस अनुसार २२ गते रक्तदान २३ गते अन्तरक्रिया र २४ गते विभिन्न जातिय संस्थाको भेषभूषा झाँकी सहित दिवस मनाउन सफल भयौ ।”
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले नेपाललाई विश्वसामु चिनाउन आदिवासी, जनजाति समुदायको महत्वपुर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो
‘विश्वमा नेपाललाई चिनाउन आदीवासी जनजातिको महत्वपुर्ण भूमिका छ, चाहे सगरमाथाको शिखर चढ्ने कुरा होस् या विभिन्न लडाईंको सफलता । यी कुराहरुमा यो समुदायको नाम र पहिचान जोडिएकै हुन्छ ।’
आदिवासी, जनजाति समुदायको पहिचान जल, जमिन र जंगलसँग जोडिएको भन्दै परम्परागत स्वागत, संस्कार र इमान्दारिता सिक्न यो समुदायलाई हेर्नुपर्ने मन्त्री बुढाले जिकिर गर्दै उहाँले प्रदेश सरकारले लोपउन्मुख सिमान्तकृत समुदायका लागि छुट्टै नीति ल्याएर हरेक वर्ष कार्यक्रम गर्नका लागि पाँच करोड रुपैयाँ बजेट ल्याउने गरेको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रमका विषेश अतिथी कर्णाली प्रदेश सभाका उप-सभामुख पुष्पा घर्तीले आदिवासी जनजातिहरु कला सँस्कृतीको धनी भएकाले त्यसलाई जोगाउनकालागि राज्यले विशेष पहल गर्नुपर्ने र सरकारले निर्धारण गर्ने बजेट तथा विभिन्न नितिहरुमा आदिवासी जनजातिहरुलाइ सहभागी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता ध्रुवकुमार श्रेष्ठ जनजाती समुदायबाट सरकारको मुख्यधिवक्ता भै कार्य गरिरहनुभएकोमा त्यस्तै जनजाति अगुवाहरु जीवनकुमार शाक्य, मानबहादुर चौधरी, भिमबहादुर सिंजाली मगर, डिलबहादुर बंशीमगर र धनकुमारी रोकाय खम्पालाई जनजातिहरुको काम र कर्तब्यमा उल्लेखनिय कार्य गरेकोमा सम्मान गरिएको थियो ।
महासंघका सचिव भीम गुरुङ्गले सहजीकरण गर्नुभएको कार्यक्रममा सुर्खेत स्थित १३ वटा जातिय संस्थाको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । २४ श्रावण २०७९, मंगलवार १९:५१ बजे