
१७ पौष, सुर्खेत । मेरा शान, मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारा सहित आज सातौं राष्ट्रिय पोशाक दिवश कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि दिवश मनाइएको छ ।
नेपाली कला, सभ्यता र पोशाकको सम्मान गरौ भन्दै राष्ट्रिय पोसाक संरक्षण गरौै भन्दै राष्ट्रिय पोशाक दिवश मनाइएको हो ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको स्थानीय मंगलगढी चोक देखी वीरेन्द्रचोक सम्म विभिन्न पोशाक सहित सद्भाव र्यालीको आयोजना गरेको थियो ।
बिगत ६ वर्ष देखि नेपालमा राष्ट्रिय पोसाक दिवसका रुपमा १७ पुसलाई मनाइँदै आइएको छ । काभ्रेको बनेपामा २०६९ सालमा पहिलो पटक मनाइएको यो दिवस आज देशको विभिन्न ठाँउ लगाएत सुर्खेतमा पनि नेपाली युवाहरु भेला भएर राष्ट्रिय पोसाक दिवस मनाइएको हो ।
पोसाक दिवस मनाउनकालागि मंगलगढीचोकमा यूवायूवतीहरु हातमा राष्ट्रिय झण्डा बोकी गुन्यूचोलो, ढाका टोपी र दौरासुरुवालमा सजिएका थिए ।
महाअभियान कर्णाली प्रदेश सयोजक कमल लमिछानेले मंगलगढी चोकमा सरसफाइ गर्दै हाम्रो सानाे प्रयासले भ्रमण वर्ष लाई सफल बनाउन मद्दत पुग्छ ,त्यसैले आजै बाट सडकमा फाेहाेर नफाल्ने प्रतिज्ञा गराैं र पाहुनालाई सफा ठाउँमा स्वागत गराैं नेपाली कला, सभ्यता र पोशाकको सम्मान गरौ भन्दै राष्ट्रिय पोसाक दिवस सबै नेपाली ले मनाउन आग्रह गर्नुभएको थियो ।
उहाँले भन्नुभयो “नेपालमा रहेको १२६ सै जतिको पोसाक राष्ट्रिय पोशाक भएता पनि देशको औपचारिक पोशाकलाई संरक्षण गर्न सबैलाइ अनुरोध गर्नुभयो ।




Milan Shrestha । १७ पुष २०७६, बिहीबार १५:३८ बजे