आज सोमबार भारतको राजस्थानको जधपुरमा एक फाइटर प्लेन दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जेट मिग-२७ फाइटर प्लेन अवतरणका क्रममा दुर्घटना हुँदा पाइलट भने सकुसल छन् ।
अवतरणका क्रममा दुर्घटना भएको प्लेन स्थानीय एक घरमा ठोक्किँदा दुई जना सामान्य घाइते भएको बताइएको छ ।पाइलटले घरबाट जोगाउने प्रयास गर्दागर्दै प्लेन दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।
पाइलट सकुसल भए पनि प्लेन पूरै जलेको छ ।
साभारः अन्नपूर्ण अनलाईन ।



Milan Shrestha । ३१ जेष्ठ २०७३, सोमबार ०९:२४ बजे