१२ माघ, सुर्खेत । तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता (दर्शना) नेपाली आफू अमेरिकामा नलुकेको बताउनुभएको छ ।
उपप्रमुख नेपालीले आफू उपचारको क्रममा रहेकोले अझै ५ महिना नेपाल आउन नसक्ने आफ्नो फेसबुक मार्फत स्टाट्स लेख्दै जनाउनुभएको छ । उहाँले स्टाट्समा नगरप्रमुख रत्न शाहीले भ्रमण स्वीकृत गरेर नै अमेरिका आएको लेख्नुभएको छ । स्टाट्समा अमेरिकाबाट आफूले नगरपालिकामा बारम्बार फोन गर्दापनि नगरप्रमुखको फोन नउठेको बताउनुभएको छ । साथै उहाँले आफू सरकारी रुपैयामा उपचार गर्ने लेख्नुभएको छ ।
केही दिनयता उपप्रमुख नेपाली अमेरिकामा लुकेको समाचार आएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो प्रतिकृया दिनुभएको हो ।

https://www.facebook.com/danta.nepali.3/posts/1511497299003078



Milan Shrestha । १२ माघ २०७६, आईतवार १२:३५ बजे