जन नमूना माध्यमिक विद्यालयद्वारा शुद्ध पिउने पानीको व्यवस्था (भिडियोसहित)


६ बैशाख, सर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा २००८ सालमा स्थापित जन नमूना माध्यमिक विद्यालयले स्थानीय पिपल चौतारीमा बटुवाहरुकालागि शुद्ध पिउने पानीको व्यवस्था गरेको छ ।

हामीले पिपल चौतारीमा धेरै मानिसको जमघट हुने सभाहरुपनि हुने भएकोले ज्योती विकास बैंकको सहयोगमा शुद्ध पिउने पानीको व्यवस्था गरेका छौं । विद्यालयका प्राचार्य याम बहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सामाजिकदायित्व अन्तरगत रहेर पानीको आभावलाई मध्यनजर गर्दै यो कार्य गरेका हौं ।”