लक्ष्मी पुजा मनाउदै ।


000नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।

आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । सोहि अनुशार आजको दिन घर–आगनमा सप्तरंगी रंगोली बनाउन व्यस्त युवा–युवतीहरु ।