
१९ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानव सेवा आश्रम सुर्खेत शाखाले आश्रममा आश्रित एक बालिकाको अन्नप्राशन गरि आफ्नो बार्षिक स्थापना दिवश मनाएको छ ।
करिब ४ महिना अगाडी बराहताल गाउँपालिका,सुर्खेतको सडकमा वेवारिशे अवस्थामा भेटिएकी मनोरोगी महिलासंगैको ६ महिने छोरीको शुभ अन्नप्राशन गरि आश्रमको पहिलो स्थापना बार्षिकी मनाएको हो ।।
समारोहमा उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति सरोज प्रताप राना, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव डा. मान बहादुर वि.के, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, १२ नं वडाका वडा अध्यक्ष लोम प्रसाद चालिसे, ६ नं वडाका वडा अध्यक्ष मोती प्रसाद कंडेल, प्रदेश अस्पतालका डा. शुशील समदर्शी लगायत शुभेच्छुकज्यूहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सेवाको लागि एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ । यसै गरि सामाजिक विकास मन्त्रालयका सडचिवले माघ ४ गते भएको सहयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणाको घोषणापत्र पनि मानवसेवा आश्रमलाई हस्तान्तरण गरेको थियो ।
मानवसेवा आश्रमले आश्रमलाई नियमित रुपमा मासिक सहयोग गर्ने मासिक सहयोगीहरुलाई सम्मान पनि गरेको थियो । मानवसेवा आश्रमले १ वर्ष सम्म आई पुग्दा करिव १५० जानालाई सेवा गरिसकेको छ भने ७० जाना जतिलाई पुनर्मिलन गराईसकेको छ, ४जानाले आश्रममा नै कालगतिले शरीर छोडिसक्नुभएको छ भने आजको मितिमा ४४ जनाले आश्रमको गरिमा बढाईरहनुभएको मानव सेवा आश्रम सुर्खेतले जनाएको छ ।



Milan Shrestha । १८ माघ २०७६, शनिबार २२:१९ बजे