अशोक राजी
२९ पुस सुर्खेत एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको काम
कारवाही प्रति असन्तुष्टी जनाउनु भएको छ ।क्रान्तिकारी पत्रकार संघ सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको हो ।
उहाँले सरकारको काम कारवाहीलार्इ प्रभावकारी वनाउनको लागि छिटटै पार्टी भित्र र वाहिर छलफल थाल्ने समेत उल्लेख गर्नुभयो । अहिले नै सरकार परिवर्तन गर्ने पक्षमा आफनो पार्टी नरहेको स्पस्ट पादै अध्यक्ष दाहालले महाधिवेशन पछि काग्रेस सहितको राष्ट्रिय सरकार गठनको लागि प्रयास थाल्ने दावी गर्नुभयो ।
मुलुकमा देखिएको समस्या समाधानको लागि राष्ट्रिय एकताको खाचो रहेको भन्दै देशको स्वाधिनताको लागि सवै दलहरुवीच एकता जरुरी भएको वताउनु भयो । यसैगरि दिउँसो प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले संविधान संशोधन सँगसगै भारतले गदै आएको अघोषित नाकावन्दी पनि खुल्ने दावी गर्नुभयो । एकीकृत माओवादीको ६ नम्वर प्रदेशको प्रशिक्षणको लागि सुर्खेत आउनु भएका दाहालसगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज जनार्दन शर्मा लगायतको सहभागीता रहको छ ।




Milan Shrestha । २९ पुष २०७२, बुधबार १५:५५ बजे