जिपले ठक्कर दिदा दैलेखमा चार वर्षीय बालक प्रकाश थापाको मृत्यु


तस्विरः गुगलबाट ।

भावना हमाल माघ २०
दैलेखमा बोलेरो जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँकालिका (२) रावतकोट निवासी झक्ड थापाका चार वर्षीय छोरा प्रकाश थापाको मृत्यु भएको हो ।
भैरवी गाउँपालिकाको डाडीमाडी बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको लु १ च ६२९२ नम्बरको डबल ग्याप बोलेरोको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताएका छन् । जिपको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको डिएसपी ओलीले बताए । जिप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।