अनुरागद्धारा जन्मदिनमा बृद्धाश्रमलाई सामाग्री सहयोग



मिलन श्रेष्ठ
माघ २२, दैलेख । नारायण नगरपालिका वडा नं.१ निवासी समाजसेवि, कलाकार एवंम् पत्रकारले आफ्नो जन्म दिनको अवसर पारी बृद्धा आश्रमलाइ सामाग्री सहयोग गर्नु भएको छ ।

नेपाल सम्बत् अनुशार बुधबार(आज) पर्न गएको जन्मदिनको उपलक्ष्यमा नारायण नगरपालिका वडा नं.०१ निवासी समाजसेवी, कलाकार एवंम् पत्रकार अभिषेक अनुरागले नारायण नगरपालिका वडा नं.०८ स्थीत श्री सरस्वती मन्दिर बृद्धाश्रमलाई एक कार्यक्रम बिच स्टिलको दराज सहयोग गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अथिती एवंम् प्रदेश सभा सदस्य माननिय अम्मर थापाले,आफुहरुले अझै पनि जिल्लामा रहनु भएको बृद्धाहरुलाई सम्बोधन गर्न नसकेको कुरामा जोड दिनु भयो । थापाका अनुशार पछिल्ला पिडिहरुले आफ्ना बृद्ध बुवा÷आमहरुलाई घरमा भन्दा पनि आश्रममा पठाउने प्रचलन बढे संगै घरबार विहिन भएका बृद्धाहरुलाई सहज तरिकाले व्यवस्थापन गर्नका लागी पूर्ण रुपमा बृद्धाआश्रमको व्यवस्थापन सहित सम्बोधन गन नसकेको बताउनु भयो ।

माननिय थापाले भन्नु भयो कि, तपाई हामीले काशि गएर जल पिएर दान गर्देमा पून्य कमाउदछौं भन्नु व्यर्थ हो , दुई छाक खान नपाएर सडक पेटीमा रात काटि रहनु भएका अनि सम्पतीका कारण घरबाट निकालिनु भएका बृद्ध÷बृद्धाहरुलाई शुद्ध भावनाले सहयोग गरे ईश्वरले पनि सहयोग गर्ने, त्यसका पनि अहिलेका युवाहरुले त्यसो गरेमा मनमा शान्ति छाउने समेत जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो । जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

श्री सरस्वती मन्दिर बृद्धाश्रमका सभापती सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न सामाग्री वितरण कार्यक्रममा आश्रमका कोषाध्यक्ष मेनका गौतम् स्वागत मन्तव्य दिदै २०६७ सालमा पुराण लगाएर जम्मा भएको केहि रकमले शुरु गरेको बृद्धाश्रम हाल सम्म रु ४५ लाखकको लागतमा निर्माण भएता पनि बाकि कामहरु आर्थिक अभावकै कारण अलपत्र परेको बताउनु भयो ।

गौतमका अनुशार हाल प्रदेश सरकारले रु ३ लाख ५० हजार सहयोग गरेको भएता पनि आफुहरुले अझै सहयोगको अपेक्षा राखेका र प्रत्येक शनिवारका दिन आफूहरुले दाताहरुलाई खोजेर दिवा भोजका साथै निशुल्क स्वास्थ्य परिक्षणका कार्यक्रमहरु गर्दे आईरहेको बताउनु भयो।
पत्रकार तिर्थ भण्डारीले सहजिकरण गर्नु भएको कार्यक्रममा राष्टिय एवंम् स्थानिय पत्रकार र बृद्धाहरुको समेत उपस्थित रहेको थियो ।

जन्म दिन मनाउदै अभिषेक अनुरागले , पछिल्ला समयमा आफ्नो जन्मदिन मनाउने र रमाउने नाउमा युवाहरुले फजुल खर्चहरु गर्ने र त्यसैको निहुमा कुलतमा लाग्ने पीडिहरुलाई उक्त फजुर खर्च जोगाएर विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग गर्न सके दिनेलाई सानो भए पनि लिनेलाई ठुलो हुने भएकोले उक्त सन्देश दिनकै लागी आफुले बृद्धाश्रममा रहनु भएका बृद्ध बुवा–आमाहरुलाई सहयोग गरि साथमा बताउनु भयो ।

कार्यक्रमको सहजीकरण पत्रकार एवंम् हास्य कलाकार तिर्थ भण्डारीले गर्नु भएको थियो ।