जापानमा बेल विवाह कस्तो देखियो?


टोकियो( जापानमा बसोबास गर्दै आएका नेवार समुदायले आफ्नो मौलिक चाड ईहि ९बेल विवाह० धुमधामसँग मनाएका छन्। नेवास् अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा शनिबार सम्पन्न भएको कार्यक्रममा सात जना बालिकाहरुको परम्परागत रुपमा बेल विवाह गरियो। समारोहमा भाग लिने बालिकाहरु मध्ये केही बालिकाका आमा जापानी नागरिक भएकोले सहभागी जापानीहरू निकै चाख मानेर कार्यक्रम हेरिरहेका थिए।
लभउबष्उिबतचय(लबनबचष्प

आफ्नो संस्कार र जातिय परम्परा नयाँ पिढीलाई जानकारी दिने उदेश्यले जापानमा पहिलो पटक आयोजना गरिएको कार्यक्र दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा बालिकाहरुको ईहि विवाह कार्यक्रम तथा दोश्रो चरणमा नेवारी झ्वस् भ्वय९लप्ते भोज० मा नेवारी परिकारहरु सहितको भोज आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत गेहेन्द्र

राजभण्डारीले बेल विवाहमा सहभागीहरुलाई सम्मान पत्र वितरण गर्नुका साथै नेपालीहरुको मौलिक चाड नयाँ पिढीसम्म पुरयाउन मद्धत पुग्ने भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद दिए। सय जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने नेवास् अन्तर्राष्ट्रिय फोरम जापानका अध्यक्ष बिगेन्द्रमान सिंह प्रधानले बताए।
साभारः नागरिक दैनिक ।