जानकी पर्यटन प्रवर्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ सम्पन्न


पवन जायसवाल

नेपालगन्ज (बाँके)  । जानकी गाउँपालिकामा “जानकी पर्यटन प्रवर्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान, जानकी पर्यटन प्रवर्धन, बर्तमान अवस्था र सम्भावना, छन्दको तरङ्ग कार्यक्रम फाल्गुन २ गते शनिवार सम्पन्न भएको छ ।

जानकी गाउँपालिका बाँके र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित “जानकी पर्यटन प्रवर्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” साँस्कृति कार्यक्रम, स्रष्टा सम्मान कार्यक्रमका बिशिष्ट अतिथि तथा जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी र लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी महोत्सवको उद्घाटन गर्नुभएको थियो ।

भेरी साहित्य समाज केन्द्रिय समितिका महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमले जानकीको पर्यटकीय सम्भावनासँगै भाषा, साहित्य र संस्कृतिका विविध पक्षहरूबारे प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा नेपाल–भारतका साहित्यिक व्यक्तित्वहरूले काव्य रचना वाचन गर्नुका साथै बहुभाषिक साहित्यिक प्रस्तुतीहरू रहेको कार्यक्रममा विद्यार्थी बालबालिकाहरूले विभिन्न नृत्यसँगै सांगीतिक प्रस्तुतीहरू गरेका थिए ।

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरी रिजालले “जानकी पर्यटन प्रवर्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२” जानकी पर्यटन प्रवर्धन वर्तमान अवस्था र सम्भावना विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा पर्यटकीय क्षेत्रका सम्भावनाहरूको बारेमा बिस्तृत छलफल गरिएको थियो ।

भेरी साहित्य समाज केन्द्रिय समितिका कोषाध्यक्ष डा. राजकुमार थारुले समग्र विकासका सम्भावनामा पर्यटकीय पक्षको खोजमूलक अवधारणा राख्नुभएको थियो । प्रस्तुत गरिएको अवधारणा माथि पर्यटन अभियन्ता नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले टिप्पणी गर्दै जानकी गाउँपालिकामा रहेको ग्रामीण पर्यटन, औद्योगिक पर्यटन र कृषि पर्यटनका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

अवधारणा–पत्र माथि टिप्पणी गर्दै जानकी गाउँपालिकाको आधिकारिक धारणा राख्दै जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले यसैबर्ष पर्यटनको समग्र सम्भावनाको खोजी र प्रवर्धनकालागि बिस्तृत कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘भाषा, साहित्यको प्रवर्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ’, पर्यटनका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने परशुराम उपाध्यायले बताउनुभयो ।

भेरी साहित्य समाज केन्दिै समितिका वरिष्ठ सल्लाहकार डा. हरि प्रसाद तिमिल्सिनाका अनुसार महोत्सवमा नेपालका दाङ, सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर लगायत विभिन्न जिल्लाबाट हिन्दी, अवधी, उर्दू साहित्यिकहरु र छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशका बिभिन्न स्थानबाट साहित्यिकारहरुको सहभागिता रहेको थियो जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा गायक महेन्द्र सेढाई, वरिष्ठ कलाकार केबी शाही, खगेन्द्र गौतम, राकेश गुरुङ्ग, मदन लामा, देवी अधिकारी र अनिता लामिछानेले स्वागत गीत प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा बर्दियाको बढैयायाताल गाउँपालिकाको मैनापोखर स्थित कृष्णसार विद्या निकेतनका विद्यार्थीहरूले बिभिन्न किसिमका नृत्यहरू प्रस्तुत गरेका थिए ।

महोत्सवमा बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, कैलाली लगायतका जिल्लाबाट सहभागी भएका वरिष्ठ साहित्यिक व्यक्तित्वहरूको काव्यात्मक प्रस्तुती रहेको थियो । उक्त साहित्यिक महोत्सवमा भारतको उत्तरप्रदेशबाट वरिष्ठ शायरहरूले बहुभाषिक रचना प्रस्तुत गरेका थिए ।

‘यस किसिमको साहित्यिक महोत्सवले नेपाल–भारतको भाषा साहित्यिक सम्बन्धलाई थप बलियो बनाउने छ । महोत्सवमा भारतीय साँस्कृतिक सहयोग एवं मैत्री संघ भारतका अध्यक्ष शारीक रब्बानीले बताउनुभयो । बज्म–ए–उर्दू पैकड भारतका उपाध्यक्ष डा. हरिगोविन्द यादव, अवधी साहित्यिक व्यक्तित्व प्रदिप सारंग, उर्दू साहित्यकार अतिकास गन्जबी, विभा त्रिपाठी, पिके प्रचण्ड, शालिनी सिंह, रहिस अहमद, बम्पर बहराईची लगायतका भारतीय साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

महोत्सवमा पश्चिम नेपालका सान वरिष्ठ कलाकार प्रेमदेव गिरी, गणेश गौतम, भारत लखनऊका अवधी तथा हिन्दी वरिष्ठ साहित्यकार डा. राम बहादुर मिश्र, प्रदिप सारंग, दाङ्ग जिल्ला गढवा गाउँपालिका–६ निवासी वरिष्ठ साहित्यकार जगतराम यादव, जानकी गाउँपालिकाका स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार केबी शाही, देवी अधिकारी, मदन लामा, खगेन्द्र गौतम, अनिता लामिछानेलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो । यसरी गोरखापत्रका सिराज खान, दैनिक नेपालगन्ज पत्रिकाका प्रधान सम्पादन झलक गैरैलाई पनि दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

महोत्सवमा सुदूरपश्चिम लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, बर्दियाको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष तथा चर्चित कलाकार खगेन्द्र नेपालले हुडके नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रगतिशील लेखक संघ बाँकेकी अध्यक्ष चरित्रा शाह, कवियत्री निर्मला शर्मा (निरु), गायककार प्रभात सुवेदी, जागेश्वर नेपाल, लिलाधर बास्कोटा, कमला भट्टराई, चरित्रा शाह, पद्मावति रिजाल, बाँके जिल्लाका ८८ बर्षीय वरिष्ठ उर्दू साहित्यकार अब्दुल लतीफ शौक, नुरुलहसन राई, अन्सर नेपाली, चन्द्रावती अधिकारी पदमावती रिजाल, लगायतले पनि आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि, अतिथिहरुलाई सम्मान पत्र, गम्छा, मायाको चिनो प्रदान गरिएको थियो । महोत्सवमा अतिथिहरुमा प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरे, वरिष्ठ कथाकार सनत कुमार रेग्मी, वरिष्ठ लेखकार नरेन्द्रजंग पिटर,वरिष्ठ कलाकार प्रेमदेव गिरी, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाल, प्राज्ञ महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति इन्द्र बहादुर भण्डारी, दाङ्ग जिल्लाका अवधी, नेपाली, साहित्यकार जगतराम यादव, जानकी गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं.–५ का वडाधयक्ष टिकानाथ यादव लगायतका आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, खगेन्द्र गिरि कोपिला, भरत बहादुर रानाभाट, नागरिका समाज नेपालगन्जका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, ज्ञनोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, कल्पना पौडेल जिज्ञासु, शिक्षिका शोभा शाह, आनन्द गिरी मायालु, गौरी कौर, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, उपाध्यक्ष पंकज कुमार श्रेष्ठ, पुष्पमणि प्रधान, मणिदेव अर्याल, स्पर्श अधिकारी, इन्दिरा गौतम लगायतको सहभागिता रहेको थियो ।