सहकारी शिक्षा तालिम शुरु


 

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सहकारी शिक्षा सम्बन्धि दुई दिवसीय तालीम सुरु भएको छ ।

भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बिहिवारदेखि सुरु भएको तालीमको मन्त्री बिमला के.सी.ले उद्घाटन गर्दै तालिमले सहकारी दर्ता, दर्ता पछि संचालन लगायतका विषयमा काम गर्नेबारे सिक्न अवसर प्रदान गर्ने अपेक्षा गर्नुभयो । उहाँले सहकारी सम्बन्धि तालीमबाट लिएको शिक्षा जीवन व्यबहारमा लागु गर्नुपर्नेमा जोड दिँदै यो तालिमले उद्यमी गर्न तालीममा सहभागीलाई आग्रह गर्नुभयो ।

प्रदेश सहकारी रजिस्ट्रारको कार्यलयले आयोजना गरेको तालीममा ३२ जना महिला र ३ जना पुरुष गरि ३५ जन सहभागी छन ।