नगरपालिकामा सेवाग्राहीलाई सास्ती, कर्मचारीलाई मस्ती


महशुल वुझाउ गएका सेवाग्राही सिमेन्टको वोरामाथी वसेर पालो कुर्दै । तस्वीर सुरेश पन्त
महशुल वुझाउ गएका सेवाग्राही सिमेन्टको वोरामाथी वसेर पालो कुर्दै । तस्वीर सुरेश पन्त

सुर्खेत २१, असार । यो तस्वीरमा देखिएका व्यक्तिहरु सिमेन्टको गोदाममा सिमेन्टको वोरा वोक्न नभई सुर्खेतको वीरेन्द्रनगर पालिकामा सरकारी सेवा लिन आएका सेवाग्राही हुन । राजश्व कार्यालयमा महशुल वुझाउन गएका उनीहरु वस्ने ठाउँ नहुदा सिमेन्टको वोरामाथी वसेर आफनो पालो पर्खेर वसेका छन । सरकारी कामको लागि वीरेन्द्रनगर नगरपालिकामा जाने सवै सर्वसाधारण यस्तै सास्ती भोग्न वाध्य भएका छन ।

कर, जग्गाको तिरो लगायतको राजश्व वुझाउन जाने सर्वसाधारणलाई वस्ने ठाउँ नहुदा उनीहरु निकै सास्ती भोग्न वाध्य भएका हुन । राजश्व बुझाउने, नक्सा पास गर्ने, योजनाको भुक्तानी लिने फाटमा पालो कुरेर वस्ने ठाउँ नहुदा कि त उभिनु पर्ने कि त भुइमै वस्नु अवस्था रहेको सेगाग्राहीको गुनासो छ ।

काम लिएर नगरपालिका जादा वस्ने ठाउँको अभावमा उभिदा उभिदा ढाड, खुटटा दुख्ने, मच्छरले टोक्ने जस्ता समस्याले सताउने गरेको वताएको छ । जनताले तिरेको करवाट चल्दै आएको नगरपालिकाले सेवाग्राहीलाई बस्ने ठाउँको समेत व्यवस्था नगर्नु लाजमर्दो र दुखको कुरा भएको उनीहरुको भनाई छ । नगरपालिकाको विभिन्न फाँटमा २/३ जना भन्दा बढी सेवाग्राही वस्न मिल्ने ठाउँ छैन ।

राजश्व वुझाउने फाँटमा वाहिरवाट लाइन लाग्नु पर्ने भएकोले भुइमा, गिठ्ठी वालुवा र सिमेन्टका वोरामाथी वसेर सेवा लिनु पर्ने अवस्था रहेको छ । सेवा लिन आउने सर्वसाधारणको लागि सवै फाँटमा पालो कुर्ने वेलासम्म वस्नको लागि तत्काल उचित व्यवस्था गर्न सेवाग्राहीले वीरेन्द्रनगर नगरपालिकासगँ माग गरेका छन । यता वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत वालाराम शर्माले भने नगरपालिकाको अर्को भवन निर्माण भैइरहेकोले सिमेन्ट, वालुवा लगायतका निर्माण सामाग्री राखेकोले सेवाग्राहीलाई अप्ठ्यारो भएको बताएका छन ।

उनले सेवाग्राहीहरु वस्ने ठाउँसम्मै राखिएको निर्माण सामाग्री तत्कालै हटाउने समेत उल्लेख गरेका छन । आर्थिक वर्ष सकिन लागेकोले सेवाग्राहीको चाप वढेको उल्लेख गदै शर्माले सवै फाँटमा धेरै सेवाग्राही वस्ने सक्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएका छन ।

साभारः राराखबर अनलाइन