
११ मंसीर, सुर्खेत । पश्चिम सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् ।
जनज्योती माध्यमिक विद्यालय बड्डीचौरमा अध्ययनरत विद्यार्थीहरु बराहताल ५ कल्याणकाँध सुर्खेतमा रहेको मौरीपालन अवलोकन गर्न जाने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हरिभक्त रोकायले जानकारी दिनुभयो ।
दुर्घटनामा २ जना गम्भीर घाईते र ३० जना समान्य घाईते भएको र गम्भीर घाइतेलाई प्रदेश अस्पताल सुर्खेतले नेपालगंज रिफर गरेको र अन्यको प्रदेश अस्पताल मै उपचार भैरहेको सहायक निरिक्षक रोकायले बताउनुभयो ।



Milan Shrestha । ११ मंसिर २०७६, बुधबार १५:१६ बजे