७ चैत्र, काठमाडौं । आतंकित पार्दै विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९को संक्रमण फैलिन सक्ने भन्दै देशभरका सम्पूर्ण अदालतहरु अदालत बन्द भएका छन् ।
आज (शुक्रबार) प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता सर्वाेच्च अदालतमा बसेको पूर्ण इजलासको बैठकले आइतबार देखि लागू हुनेगरी २ हप्ता सम्मकालागि देशभरका सम्पूर्ण अदालतहरू बन्द गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसियसनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न माग गरेको थियो ।
अदालतहरू बन्द भए पनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथिको सुनुवाइहरुको काम कारबाही भने नरोकिने सर्वाेच्च अदालतले जनाएको छ।



Prawash Kumar Shakya । ७ चैत्र २०७६, शुक्रबार १३:३१ बजे