
माघ १९, सुर्खेत ।
कर्णाली कला, साहित्य प्रतिष्ठानको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार गठन गरिएको छ । साहित्यकार कृष्णराज धमाला ‘अपूर्ण’ को अध्यक्षतामा सम्पन्न भेलाले नवराज आचार्य ‘कुन्दन’ को अध्यक्षतामा नयाँ समितिको गठन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिबहादुर शाही ‘बिन्दास’, महासचिवमा दिपक उपाध्याय ‘अभिलाषी’, सचिवमा प्रभाकिरण बिष्ट, कोषाध्यक्षमा बिमला पोखरेल रहनुभएको छ भने सदस्यहरुमा कमल भट्टराई, तेजबहादुर बम, महेन्द्र शाही, चन्द्रप्रसाद भट्राई र सरोज शाही रहनु भएको छ ।
प्रतिष्ठानको पहिलो बैठकले आगामी फागुन ४ गते शनिबारका दिन वीरेन्द्रनगरमा ‘कर्णाली प्रबाह’ नामक श्रृंखला सञ्चालन गर्ने समेत निर्णय गरेको छ । श्रंखलामा देउडा, कविता र गजल प्रस्तुत् गरिने निर्णय गरेको छ भने आगामी माघ मसान्त सम्म नयाँ सदस्यता लिनेहरुका लागि समय खुला राख्ने समेत निर्णय गरेको जनाइएको छ ।




Milan Shrestha । १९ माघ २०७५, शनिबार १७:१३ बजे