स्याङ्जा, ७ वैशाख ।
स्याङ्जाको तीनदोबाटे गाविसमा रहेको उपस्वास्थ्य चौकी भवन असिनापानीसँगै आएको पहिरोले पुरिँदा स्थानीय बिरामीहरू मर्कामा परेका छन् । हावाहुरीसँगै परेको असिनापानीले स्वास्थ्य चौकी भवनभन्दा माथिको भागबाट खसेको पहिरोले दुईकोठे स्वास्थ्यचौकी भवनको झन्डै आधाभन्दा बढी भाग पुरिदिएको उपस्वास्थ्य चौकीका अध्यक्ष भीमबहादुर मिधुनले बताउनुभयो ।
उपस्वास्थ्य चौकीको भवन पुरिँदा उपचारका लागि आएका बिरामीहरूलाई बाहिर चौरमा राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अहेब दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “पहिरोले भवनको झन्डै आधा भाग पुरिदिएको छ”, अहेब भट्टराईले भन्नुभयो – “स्वास्थ्य चौकीमा भएका औषधिहरू पानीले भिजेर काम नलाग्ने भएका छन्, त्यसैले बिरामीहरूलाई सामान्य औषधिसमेत दिन पाइएको छैन ।”
उक्त स्वास्थ्य चौकीबाट दैनिक सरदर ४० जना बिरामीले सेवा लिँदै आएका उपस्वास्थ्य चौकीले जनाएको छ । यसैबीच, पश्चिम स्याङ्जाको जगत्रदेवी गाविस–८ निवासी लक्ष्मणप्रसाद भट्टराईले नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाको भवन निर्माणका लागि चार लाख मूल्यबराबरको जग्गा उपलब्ध गराउनुभएको छ ।

Milan Shrestha । ७ बैशाख २०७०, शनिबार १२:१३ बजे