मलेसियामा एक नेपालीको मृत्यु


२७ चैत, नवलपरासी । रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।

नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको हो ।

बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी दिनुभयो ।

दुई दिनदेखि ज्वरो आएपछि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । नवलपरासीबाट वैदेशिक रोजगारीमा गएकामध्ये करिब छ महिनाको अवधिमा छजनाको मृत्यु भइसकेको छ ।

साभारः अनलाईन खबर ।