कैलालीमा बस दुर्घट्ना हुँदा १० घाइते


तस्विरः थाहाखबरबाट ।

कैलाली  : कैलालीमा बस दुर्घट्ना हुँदा १० जना घाइते भएका छन् । गौरिगंगा नगरपालिका–७ वनबेहडामा सोमवार बिहान १० बजे बस दुर्घटना भएको हो ।

टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बरको बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका ईञ्चार्ज प्रहरी निरीक्षक टेक जोराले जानकारी दिए । घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

साभारः सदरलाईनडटकम ।