
पवन जायसवाल
नेपालगन्ज (बाँके) ।
बाँकेको जानकी गाउँपालिका वार्ड नंः ५ बेलहरी, रामगाउँमा रहेको श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका प्रधानाध्यापक ओम प्रकाश विश्वकर्मालाई स–सम्मान सहित बिदाई गरिएको छ ।
२०८० बैशाख देखि २०८२ श्रावण २६ गते सम्म (२ वर्षभन्दा बढी) शिक्षक ओम प्रकाश विश्वकर्मा श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँमा प्रधानाध्यापक पदमा कार्यरत रही जिम्मेवारी सहित उक्त बिद्यालयमा अध्यापन गर्नुका साथै शैक्षिक अभिबृद्धि र बिद्यालयको चौतर्फी बिकासमा पु¥याउनुभएको योगदानको उच्च मुल्याँकन गर्दै ओम प्रकाश बिश्वकर्मालाई सम्मान सहित बिदाई गरिएको हो ।
श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका प्रधानाध्यापक मिना नाथ, बिद्यालय ब्यवस्थापन समिति निर्वतमान अध्यक्ष लक्षमण प्रसाद चमार र शिक्षक अभिभावक संघ निर्वतमान संयोजक मनमोहन वर्माले संयुक्त रुपमा माला, अबीर सहित सम्मान पत्र प्रदान गर्नुभयो ।
ओम प्रकाश बिश्वकर्मा जानकी गाउँपालिका वार्ड नं.–४ सहादतपुर्वामा जानु भएको छ भने नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बकसपुर्वाबाट सरुवा भई आउनु भएका शिक्षिका विजया लक्ष्मी मिश्रालाई स्वागत गरिएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । १० भाद्र २०८२, मंगलवार ०९:११ बजे