लकडाउन बैशाख ३ गते सम्म गर्ने सरकारको निर्णय


२४ चैत्र, काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई ध्यानमा राख्दै आउँदै २०७७ बैशाख ३ गते सम्मलाई लकडाउनको अवधी बढाएको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधी २०७७ बैशाख ३ गते सम्म लम्व्याउने निर्णय गरेको हो । सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। सरकारले पहिलो चरणको लकडाउन पछि फेरि चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।